arrow

चीनमा रुसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
china-russia-pipeline-natural-gas.png
फाइल तस्बिर

किभ। युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रुसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ। रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले आइतबार निर्यातमा उल्लेखनीय वृद्धि भएको घोषणा गरेको थियो।

युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा ऊर्जा निर्यात अनिश्चित बनेको छ। बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन। जारी सङ्कट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ।

रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्व सोभियत सङ्घ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलव ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घन मिटर ढुवानी भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ