arrow

त्रिभुवन विमानस्थलमा शङ्कास्पद बस्तु राखेको हल्लापछि यात्रुहरूलाई बाहिर राखियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
tia-ktm-airport.jpg
फाइल तस्बिर

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शङ्कास्पद बस्तु राखिएको हल्लापछि यात्रुहरूलाई बाहिर पठाइएको छ। विमानस्थल परिसरमा बम राखेको भनेर अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरेका थिए। फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको हो। 

अहिले आन्तरिक उडानहरू बन्द गरेर शङ्कास्पद बस्तुबारे सुरक्षा निकायले सर्च अपरेसन जारी राखेको छ। त्यसका लागि नेपाली सेनाको बम डिस्पोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ।

शङ्कास्पद बस्तु राखेको हल्लापछि यात्रुहरूलाई बाहिर राखिएको छ। बोर्डिङ पास लिएर उडानको तयारीमा रहेका यात्रुहरूलाई समेत बाहिर पठाइएको छ।



नयाँ