arrow

'कांग्रेसको सरकार बने ६५ वर्षदेखि ज्येष्ठ नागरिक भत्ता' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
deuba-biratnagar-ramchandra.PNG

विराटनगर ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने बताएका छन् ।मोरङमा कांग्रेसको आमसभालाई सम्बोधन गर्दै देउवाले कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता  दिने बताएका हुन् ।  

देउवाले सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिए । उनले नेपाली कांग्रेसले धोखा खाए पनि कसैलाई पनि धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्त्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताए ।

राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताए। सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पारे । अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उनले प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्‍याउन गठबन्धन बनेको धारणा राखे ।

प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिए । स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेस मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको चर्चा गरे ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सरकारले शिक्षा, स्वास्थ्यमा विशेष जोड दिएको चर्चा गर्दै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले जितेमा सहरको विकास र जनताको जीवनस्तर उकास्ने काम गर्ने योजना रहेका बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिले स्थानीय तहको निर्वाचनको सरकारलाई खासै असर नगरे पनि कालान्तरमा हुने प्रदेश र सङ्घको निर्वाचनमा धेरै ठूलो असर गर्ने धारणा राखे । उनले सङ्घ र प्रदेशको निर्वाचनमा सफलता हासिल गर्नका लागि पनि अहिले स्थानीय तहमा कार्यकर्ताहरूले मेहे नतका साथ आफ्ना उम्मेदवार जिताउन आग्रह गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइराला र उपप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले यो निर्वाचनमा सफलता हासिल भएमा नगरको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । उनहरूले धन आर्जनका लागि नभई जनताका सेवा तथा नगरको विकास गर्न उम्मेदवारी दिएको र हाम्रो सङ्कल्पमा कुनै पनि नागरिकले शङ्का नगरी मत दिन आग्रह गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ