arrow

विवादित पौडेललाई आईजी बनाउने खेलमा सशस्त्रमा एक्लै एआईजीमा बढुवा गराउने चलखेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त दुई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि चार जना डीआईजीले आवदेन दिए पनि एक जनालाई मात्रै बढुवा गर्ने तयारी भएको छ । सशस्त्र प्रहरी बलमा अहिले दुई एआईजीको पद रिक्त हुँदा पनि सरकारले एक जनालाई मात्रै बढुवाको अन्तिम तयारी गरेको हो ।  

डीआइजीहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका छन् । प्रधानले एआईजी बढुवाका लागि निवेदन दिए पनि आवेदकमध्ये कनिष्ठ भएका कारण उनको सम्भावना छैन । 

तत्कालीन महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले अवकाश पाएपछि पुष्पराम केसी आईजीपी भएका थिए । आईजीपी हुनेबित्तिकै केसीले राजु अर्याललाई एआईजीमा सिफारिस गरे । त्यसपछि पौडेललाई मात्रै बढुवा गरेर तीन वर्षपछि आईजीपी बनाउने खेल शुरु भएको हो । पौडेल विवादित पात्र हुन् । 

आइतबार केसीसँगै एआईजी रामशरण पौडेलसमेत अवकाश भएका थिए । आइतबार नै अर्याललाई सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गर्यो । अर्याल आईजीपीमा नियुक्ति भएको र पौडेलले अनिवार्य अवकाश पाएपछि सशस्त्र प्रहरीमा दुईवटा पद रिक्त छन् ।

वरियतामासमेत अघि रहेका डीआईजीहरु पौडेल र गौतम एआईजीमा सहजै बढुवा हुने देखिन्छ । वरियता र कार्यक्षमता दुवैमा उनीहरु अगाडि छन् । पौडेल र गौतम आईजीपी अर्यालका ब्याची हुन् । 

एआईजी बढुवाका लागि आवदेन दिएका दाहाल छिर्के हान्ने दाउमा छन् ।  दाहाल पौडेल र गौतमभन्दा कनिष्ट हुन् । दाहाल विवादित प्रहरी अधिकृत हुन् । 

तत्कालीन आईजीपी कोषराज वन्तले दाहाललाई विभागीय कारबाही गरेका थिए । एआईजीका स्वाभाविक दावेदार पौडेल र गौतममध्ये कुनै एकलाई रोकेर आफ्नो बढुवा गराउन दाहाल राजनीतिक लबिङमा छन् । 

दाहाल भन्दा अघि पौडेललाई एआईजी बनाएर अघि बढाउने तयारी गरेको उच्च स्रोतको दाबी छ । पौडेललाई नै अगाडि बढाउन सत्ताधारी नेपाली कांग्रेसका केही नेताहरु लागिपरेको पनि स्रोतले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ