arrow

शुभबेला दुईपटक भएको यस्तो हुनेछ समग्रमा बिहीबारको दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
rashifal-horoscope-2-1619829400.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ वैशाख २२ गते बिहीबार, इस्वीसंवत मे ५ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको पञ्चमी तिथि रहनेछ । आज नक्षत्रमा आद्रा, विष्कुम्भादि योगमा सुकर्म, करणमा भद्रा र आनन्दादि योगमा काण रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ०८ पला अर्थात १३ घण्टा १५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर २५ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः३९ बजे हुनेछ ।

आजको राशिफल :

मेष : अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

वृष : छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन : प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा समय बित्नेछ ।

कर्कट : दिन रमाइलो छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । समग्रमा समय शुभ छ ।

सिंह : प्राकृतिक स्रोत तथा साधनको कारोबारबाट मनग्गे आम्दानी हुनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने देखिन्छ ।

कन्या : समय मध्यम खालको नै छ । महत्वपुर्ण जिम्मेवारी सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सांगीतिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला : माईती तथा चेलिबिचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । बिलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय भरपर्दो रहेको छैन । आज उत्तर दिशाको यात्रा पनि गर्नुहोला ।

वृश्चिक : आत्मिय साथी तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आमासँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समस्या आउने देखिन्छ । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्याउन सक्छन्, ध्यान दिनुहोला ।

धनु : दाजुभाई तथा छिमेकीबाट तपाईले गर्नुभएको कामको उच्च मूल्याङ्कन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तै नाफा कमाउन सकिनेछ । छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । साथीको सहयोगले मन प्रशन्न रहनेछ ।

मकर : स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउन सकिने हुनाले दैनिकी फेरिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफूले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ ।

कुम्भ : समय खराव रहनेछ । नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ । कुनै मन बिझाउने घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्युन हुनेछ । दैनिक आवश्यकता टार्न मुस्किल पर्नेछ ।

मीन : समय राम्रो छैन । तपाइँको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । जागीरबाट नताव उत्पन्न हुने देखिन्छ । आर्थिक अवस्था कमजोर रहनेछ । आज यात्रा नगर्दा राम्रो हुनेछ । परिवारमा पनि झगडा पर्न सक्ने देखिन्छ, त्यसबाट तपाइँ परै बस्नुहोला ।

साइत :
बिहान ०५ः२३ बजेदेखि ०७ः०२ बजेसम्म शुभ बेला,

बिहान ०७ः०२ बजेदेखि ०८ः४२ बजेसम्म रोग बेला,

बिहान ०८ः४२ बजेदेखि १०ः२१ बजेसम्म उद्धेग बेला,

बिहान १०ः२१ बजेदेखि १२ः०० बजेसम्म चर बेला,

बिहान १२ः०० बजेदेखि १ः४० बजेसम्म लाभ बेला,

दिनमा १ः४० बजेदेखि ३ः१९ बजेसम्म अमृत बेला,

दिनमा ३ः१९ बजेदेखि ४ः५९ बजेसम्म काल बेला,

दिउँसो ४ः५९ बजेदेखि ६ः३८ बजेसम्म शुभ बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



नयाँ