arrow

सशस्त्रमा एआईजीको दुई पद खाली, एक जनाको मात्र सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरी प्रहरी बलको एआईजीमा दुई पद रिक्त भएको भए पनि एक जनाको मात्र सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले डीआईजी नारायणदत्त पौडेलको मात्र बढुवा सिफारिस गरेको हो । 

मन्त्रालयले बढुवा समितिको बुधबारको निर्णयअनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेललाई अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो । 

पत्रमा भनिएको छ, ‘बढुवा सिफारिस उपर चित्त नबुझे सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछ ।’

गुह्य कुरा यस्तो छ– 
सशस्त्र प्रहरी बलमा रिक्त दुई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि चार जना डीआईजीले आवदेन दिए पनि एक जनालाई मात्रै बढुवा गरिएको हो । सशस्त्र प्रहरी बलमा अहिले दुई एआईजीको पद रिक्त हुँदा पनि सरकारले एक जनालाई मात्रै बढुवा गरेको हो । 

डीआईजीहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए । प्रधानले एआईजी बढुवाका लागि निवेदन दिए पनि आवेदकमध्ये कनिष्ठ भएका कारण उनको सम्भावना थिएन । 

तत्कालीन महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएपछि पुष्पराम केसी आईजीपी भएका थिए । आईजीपी हुनेबित्तिकै केसीले राजु अर्याललाई एआईजीमा सिफारिस गरे । त्यसपछि पौडेललाई मात्रै बढुवा गरेर तीन वर्षपछि आईजीपी बनाउने खेल शुरु भएको हो । पौडेल विवादित पात्र हुन् । 

आइतबार केसीसँगै एआईजी रामशरण पौडेलसमेत अवकाश भएका थिए । आइतबार नै अर्याललाई सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गर्यो । अर्याल आईजीपीमा नियुक्ति भएको र पौडेलले अनिवार्य अवकाश पाएपछि सशस्त्र प्रहरीमा दुईवटा पद रिक्त छन् ।

वरियतामासमेत अघि रहेका डीआईजीहरु पौडेल र गौतम एआईजीमा सहजै बढुवा हुने देखिन्छ । वरियता र कार्यक्षमता दुवैमा उनीहरु अगाडि छन् । पौडेल र गौतम आईजीपी अर्यालका ब्याची हुन् । 

एआईजी बढुवाका लागि आवदेन दिएका दाहाल छिर्के हान्ने दाउमा छन् । दाहाल पौडेल र गौतमभन्दा कनिष्ट हुन् । दाहाल विवादित प्रहरी अधिकृत हुन् । 

तत्कालीन आईजीपी कोषराज वन्तले दाहाललाई विभागीय कारबाही गरेका थिए । एआईजीका स्वाभाविक दावेदार पौडेल र गौतममध्ये कुनै एकलाई रोकेर आफ्नो बढुवा गराउन दाहाल राजनीतिक लबिङमा छन् । 

दाहाल भन्दा अघि पौडेललाई एआईजी बनाएर अघि बढाउने तयारी गरिएअनुसार रेको उच्च स्रोतको दाबी छ । पौडेललाई नै अगाडि बढाउन सत्ताधारी नेपाली कांग्रेसका केही नेताहरु लागि परेको पनि स्रोतले बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ