arrow

रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, म्यानचेस्टर सिटी पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
Screenshot 2022-05-05 075805.jpg

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गलिश प्रिमियर क्लब म्यानचेस्तर सिटीलाई पराजति गर्दै रियाल फाइनलमा पुगेको हो । 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियाल फाइनलमा नजिक पुगेको हो । पहिलो लेगमा ४–३ ले पराजित रियालले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । 

समग्रमा रियाल ६–५ ले विजयी भयो । खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई शुरुआती अग्रता दिलाएका थिए ।

तर खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियाललाई १–१ को बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई २–१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५–५ को स्थितिमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको पाँचौं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै ३–१ को जित दिलाउँदै रियाललाई फाइनलमा पुर्याए ।

अब रियालले उपाधिका लागि फाइनलमा अर्को इङ्गलिश क्लब लिभरपुलको सामना गर्नेछ । 

फाइनल खेल मे २९ मा फ्रान्समा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ