arrow

निर्वाचन जित्न असहज छैन : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
prachanda-2078-11-30.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् ।
 
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ भने । अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने, “निर्वाचन जित्न असहज छैन ।” 

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ । 

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ