arrow

'रेणुलाई प्रचण्डकी छोरीका रूपमा मात्रै हेर्नुहुन्न'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
renu-chiwan.PNG

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेणु दाहाललाई पुष्पकमल दाहालकी छोरीका रूपमा मात्रै हेर्न नहुने बताएका छन् । आज भरतपुरमा यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, “रेणुलाई पुष्पकमल दाहालकी छोरीका रूपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।”

उनले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका छन् । पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएको भन्दै उनले गठबन्धन दललाई केही न केही फाइदा भएको बताए । उनले भने, “अहिले पनि कतिपय ठाउँमा मिलेको छैन । म गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।” 

दलहरुबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उनले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताए । उनले भने, “दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।” 

प्रतिगमनकारी कदमको हामीले विरोध नगरेको भए देश अवनतिको बाटोमा जान सक्ने नेपालले बताए । दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न उनले आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ