arrow

पोखरा महानगरमा कांग्रेसबाट विद्रोही बनेर उम्मेदवारी दिएका कार्की पछि हटे, गठबन्धनलाई समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
bimal.jpg

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका विमलबहादुर कार्कीले उम्मेद्वारी फिर्ता लिएका छन् । उनले नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासमक्ष आफ्नो उम्मेद्वारी निष्क्रिय भएको उल्लेख गरेका हुन् । 

कांग्रेसले मेयर पदमा आधिकारिक उम्मेद्वार नबनाएको भन्दै कार्कीले उम्मेद्वारी दिएका थिए । उनले पोखराको मेयर उम्मेद्वार धनराज आचार्य र उपमेयर उम्मेद्वार कोपिला रानाभाटलाई समर्थन गर्ने अपील गरेका छन् ।  

उनले पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन् । ‘साथीभाइको सल्लाह र अग्रज नेताको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’



नयाँ