arrow

आज यी क्षेत्रमा हुँदैछ वर्षा, मतदानको दिनसम्म नै असर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
weather-2022-evergreen.jpg

काठमाडौं । आज केही प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेको चक्रवात असानी को अप्रत्यक्ष प्रभाव नेपालमा परेको छ ।  साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेको छ ।

जसकारण आज सुदूरपश्चिम, कर्णाली  र गण्डकीका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका  थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी  भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश  प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सूदुरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मतदान हुँदै गर्दा मतदानमा समेत असर पर्ने गरी विभिन्न स्थानमा वर्षा हुने अनुमान गरिएको छ । जसका कारण निकै नै सजगतासाथ मतदानमा जानसमेत महाशाखाले आग्रह गरेको छ । 

निर्वाचन आयोगले समेत त्रिपालको व्यवस्था गर्न भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ