arrow

दक्षिणले उत्तर कोरियासँग वार्ताको ढोका खुलै राख्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
flag-north-korea.jpeg

सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका हुन् । उनले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा राखेका हुन‍् ।
 
सोमबार दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा भएको उनको सपथ समारोहपछि त्यहाँ उपस्थित भएका सम्वाददाताहरुसँग उनले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताए ।

यहाँका नवनियुक्त राष्ट्रपति युन सुक-येउलले सो धारणा राखेका हुन् । उनले भनेका छन- हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्धीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ