arrow

कार्यभार सम्हालेकै दिन दक्षिणका राष्ट्रपतिले भने- उत्तर कोरियालाई आणविक हतियारमुक्त गर्छाैं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
south-korea-yoon-suk-yeol.jpg

काठमाडौं ।  दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति युन सुक येओलले मंगलबार आफ्नो उद्घाटन भाषणमा आणविक निशस्त्रीकरणको बदलामा उत्तर कोरियाको अर्थतन्त्रलाई सुदृढ पार्ने साहसी योजनाको प्रतिबद्धता गरेका छन् ।

मंगलबार राजधानी सियोलमा आयोजित एक समारोहमा निवर्तमान राष्ट्रपति मुन जे इनको स्थानमा देशको नयाँ नेताको रूपमा सपथ ग्रहण गरेपछि जनशक्ति पार्टीका कन्जरभेटिभ युनले यस्तो टिप्पणी गरेका हुन् ।

कोभिभड-१९को महामारी, जलवायु परिवर्तन एवं आर्थिक र सामाजिक मुद्दालाई औंल्याउँदै उनले भनेका छन्, ‘आज हामी धेरै संकटहरूको सामना गरिरहेका छौं ।’

यस्तै संसदको अगाडि बोल्दै युनले उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई सो  क्षेत्रका लागि ‘खतरा’ भएको बताएका छन् । तर उनले वार्ता र शान्तिपूर्ण समाधानको ढोका खुला रहेको भन्दै यसको बदलामा उत्तर कोरियाली जीवन सुधार गर्न मद्दत गर्ने बताएका छन् ।

‘यदि उत्तर कोरियाले साँच्चै नै आणविक निशस्त्रीकरणको प्रक्रिया पूरा गर्छ भने, हामी उत्तर कोरियाको अर्थतन्त्रलाई व्यापक रूपमा बलियो बनाउन र त्यहाँका जनताको जीवनमा सुधार ल्याउने साहसपूर्ण योजना प्रस्तुत गर्न अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न तयार छौं’, उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ