arrow

विदुरका अनुसार धन वृद्धि गर्न दान आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
king-and-sadhu-vidur.jpg

काठमाडौं । विदुर नीतिका अनुसार मानसिक, शारीरिक र वैचारिक संयम प्रयोग गर्दा मात्र धनको बचत हुन सक्छ। मतलब धनलाई सोख पूरा गर्न वा भौतिक सुखको पूर्तिको लागि गलत तरिकाले खर्च गर्नु हुँदैन। धन तब मात्र खर्च गर्नुपर्छ जब आवश्यकता हुन्छ ।

विदुर नीतिका अनुसार राम्रो वा शुभ कामहरूमा लक्ष्मीले बास गर्दछिन् । अर्थात् सधैँ इमानदार र कडा परिश्रमबाट मात्र धन प्राप्ति गर्नुपर्छ । धनको सन्तुलन राख्न आय र व्यय सही तरिकाले गरिनुपर्दछ । धनको जहिले पनि बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्दछ। यसले धनको बचत हुन्छ र बढ्दछ पनि। पैसालाई सधैँ सही र आय आर्जन गर्ने गतिविधिहरूमा लगानी गर्नुपर्दछ। तब मात्र धन बढ्छ । यदि पैसाको व्यवस्थापन र लगानी सही तरिकाले गरियो भने निश्चित रूपमा नै लाभ हुन्छ।

विदुर नीतिका अनुसार यदि व्यक्ति धन र अन्नले परिपूर्ण छ भने उसले दान अवश्य गर्नु पर्छ। यो जीवनमा सबैभन्दा ठुलो पुण्यको काम हो। दान गर्ने व्यक्तिको मान र सम्मान बढ्छ। धन वृद्धि गर्न दान गर्न पनि आवश्यक छ, अन्यथा पैसा राख्दा राख्दै व्यर्थ जान्छ।

विदुर नीतिमा यो पनि भनिएको छ कि कुनै व्यक्तिले न त राम्रोसँग धनको उपभोग गर्छ, न दान दिन्छ भने त्यस्तो सम्पत्ति विनाश हुने निश्चित छ, त्यसैले धन दान गर्नु र बुद्धिमानीसाथ उपभोग गर्नु आवश्यक छ। एकै ठाउँमा राखिएको पैसाको आयु एकदम छोटो हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ