arrow

दुई सय बढी बम भेट्टाउने वार हिरो पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
patron-ukraine-dog.jpg

काठमाडौं । रुसी आक्रमणको डटेर सामना गर्ने सैनिकहरुलाई युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सम्मान गरेका छन् । उनले सैनिकका लागि राज्यले दिने अवार्ड प्रदान गरेका हुन् । 

उनले एउटा यस्तो सम्मान गरे जसका कारण सेना र जेलेन्स्कीको तारिफसमेत भएको छ । जेलन्स्कीले एक कुकुरलाई वीरता पुरस्कारबाट सम्मान गरेका छन् । 

उक्त कुकुरको नाम प्याट्रन हो । जेलेन्स्कीले राजधानी किभमा प्याट्रनलाई पुरस्कार दिँदै यो बच्चा निकै निकै मन पर्नै खालको रहेको बताए । 

प्याट्रनले रुसी सेनाले युक्रेनका विभिन्न स्थानमा बिछ्याएको बारुदी सुरुङ र अहिलेसम्म नपड्केका बम खोल्न युक्रेनी सेनालाई मद्धत गरेको थियो । 

उसले निकै कौशलपूर्वक विष्फोटक पदार्थलाई खोजेर निकालेको छ । उसले सेनामात्र नभइ आम नागरिककोसमेत ज्यान जोगाएको हो । 

सोही कारण उसलाई पुरस्कार दिइएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ