arrow

टिपरले मोटरसाइकललाई पेलेर सय मिटरसम्म लग्यो, यादवको घटनास्थलमै मृत्यु 

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
tipper-accident.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं १० नद वामा जय गुर्गा पेट्रोल पम्प र पेप्सी कम्पनीको अगाडि ठूलो सडक दुर्घटना भएको छ । 

पूर्वदेखि पश्चिम दिशातिर गइरहेको टिप्पर र पश्चिम देखि पूर्व दिशातिर गइरहेको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका वडा नं ६ अैचावलका हरिद्वार यादवको मृत्यु भएको छ । 

तीव्र गतिमा आएको टिपरले यादव चढेको मोटरसाइकललाई लगभग १०० मिटरसम्म अगाडि किचेर लगेको प्रत्यक्षदर्शीले बताएका हुन् ।

उनी परासीदेखि पोखरापाली आउने क्रममा बुधवार लगभग ८ बजेर ४५ मिनेटमा सडक दुर्घटना भएको जानकारी स्थानीयवासीले दिए । दुर्घटनापछि न् । प्रहरीको नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ