arrow

विप्लव मतदान गर्नबाट वञ्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Biplav-Netra-chand.jpg
फाइल तस्बिर

कपिलवस्तु। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट वञ्चित भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यस पटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन्।

देशभर शुक्रवार स्थानीय तह निर्वाचन भइरहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ