arrow

भारत आफैंले बनाएको लामो दूरीको ब्रह्मोस मिसाइलको सफल परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
brahmos-missile.jpg
फाइल तस्बिर

काठमाडौं । भारतले सुखोई लडाकु विमानबाट ४५० किलोमिटर टाढा मार हान्न सक्ने ब्रह्मोस मिसाइलको सफल परीक्षण गरेको छ । भारतले बिहीबार बङ्गालको खाडीमा सुखोई ३० एमकेआई लडाकु जेटबाट लामो दायराको ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको सफल परीक्षण गरेको हो ।

पहिलो पटक हावाबाट ४५० किलोमिटरको स्ट्राइक दायरा भएको नयाँ ब्रह्मोस मिसाइलको परीक्षण गरिएको भारतीय अधिकारीहरुले टाइम्सअफ इन्डियासँग भनेका छन् । 

५०० किलोमिटरको क्षेत्रमा इन्धन नभरेरै लडाईं गर्न सक्ने सुखोई लडाकु विमान र ब्रह्मोस मिसाइल दुवै एक शक्तिशाली हतियार प्याकेज भएको भारतीय रक्षा अधिकारीले बताएका हुन् ।

घातक सुखोई र ब्रह्मोसको संयोजनले भारतीय हवाई सेनालाई रणनीतिक पहुँच दिने र धेरै लामो दायराहरूमा जमिन वा समुद्री लक्ष्यमा मार हान्न मद्दत गर्ने ती अधिकारीको भनाइ छ ।

भारतले पछिल्लो समय रक्षा क्षेत्रमा समेत व्यापाक सफल हुँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ