arrow

दार्चुलाको नौगाडमा गठबन्धनको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-2079.jpg

दार्चुला । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ को ८०० मत गणना हुँदा गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

गठबन्धनतर्फबाट अध्यक्ष पदका उम्मेदवार दलजित सिंह धामीले ४८७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीको पक्षमा २८० मत परेका छन् ।

गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार जगतसिंह ठगुन्नाले ५०० मत पाएका छन् भने, नेकपा एमालेका उपाध्यक्ष पदका उम्मेदवार गौरीदेबि ठगुन्नाको २५७ मत पाएका छन् ।

नौगाडको वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले २३२ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट वडा अध्यक्ष उम्मेदवारले ४३७ गत प्राप्त गरेका छन्, मतगणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ