- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ ।
राप्ती गाउँपालिका-९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।