arrow

पहिलो पटक भक्तपुरमा कांग्रेसले खोल्यो खाता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
nepali-congress-flag-tree00.jpg

भक्तपुर । भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै कांग्रेसले खाता खोलेको हो ।

उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् । जिल्लामा चार वटै नगरपालिकामा मतगणणा चालू छ । चार वटै नगरपालिकामा मतगणणा भइरहँंदा पूर्ण मत परिणाम आएको यो जिल्लाको पहिलो हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ