arrow

हेटौंडा उपमहानगरपालिकामा गठबन्धन पछि पर्‍यो, राप्रपा लाग्यो अगाडि

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ जेठ १ आइतबार
meyar-mmmmmm.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिनाकुमारी लामाको अग्रता राप्रपाले तोडेको छ ।

हाल हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने विजयी भैसकेका छन् ।

९०२९ मत गणना हुँदा राप्रपाले अग्रता लिएको छ । मेयरमा राप्रपा ४१ मतले अघि लागेको छ ।

ताजा मत परिणाम अनुसार 

हेटौंडा उपमहानगरपालिको मेयरका लागि प्राप्त मत : 

दिपकबहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी) - २७१०

मिनाकुमारी लामा,  गठबन्धन उम्मेदवार (नेकपा समाजवादी) –२६६९

अनन्त पौडेल (नेकपा एमाले) – २४३४

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ