एमालेको पकड मानिएको वेलबारीमा कांग्रेसको प्यानल विजयी
विवेक मिश्र,
प्रकाशित २०७९ जेठ १ आइतबार
1.4k
Shares
मोरङ । नेकपा एमालेको पकड क्षेत्र मानिएको बेलबारी नगरपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । बेलबारी १ को अध्यक्षमा मणि पुलामी मगर विजयी भएका हुन् ।
खुल्ला वडा सदस्यमा बाबुराम खड्का, चन्द्रप्रकाश बस्नेत, खुल्लामहिला वडा सदस्यमा सन्चमाया लिम्बु र दलित महिला सदस्यतर्फ हिमादेवी विश्वकर्मासहित पूरै प्यानल विजयी भएको हो ।
शुरुआतदेखि नै बलियो उम्मेदवारको रुपमा चर्चामा रहेका मगरले निवर्तमान वडाध्यक्ष तथा एमालेका वडाध्यक्षका उम्मेदवार चक्रबहादुर खुलाललाई फराकिलो मतान्तरले पराजित गारेका छन् ।