arrow

धेरैजसो पालिकाको अन्तिम परिणाम आउने यो साता कस्तो हुनेछ त ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साप्ताहिक राशिफल २०७९ जेठ ०२ सोमबार - २०७९ जेठ ०८ आइतबार

साप्ताहिक राशिफल :

मेष : तपाईँका यो हप्ता आफन्तसँग मनमुटाब बढ्नेछ । आँटे ताकेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्ता पर्ने समाचार पनि सुन्नुपर्ने हुन सक्छ । वायु रोगको सिकार हुन सक्ने, मन परेको खानामा पनि गडबडी हुन सक्नेछ । यो सातामा टाढाको धार्मिक यात्रा समेत सुरक्षित नहुने देखिएको छ । साताको अन्तिम दिन सुखद नतिजा प्राप्त हुने देखिन्छ ।

वृष : तपाईंको यो हप्ता आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने सम्भावना पनि त्यत्तिकै छ । खानपिनमा सतर्क आवश्यक, आइतबारदेखि कसैसँग पैसा फिर्ता लिनुछ, भने माग्न गएमा पाइने छ । सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति मिल्नेछ । यो हप्ता पूर्वतर्फको यात्रा गर्दा निकै सतर्क हुनुहोला ।

मिथुन : तपाईँका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाईँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आगामी आइतबार शुभ रहेकाले राजनीतिक सफलता मिल्ने देखिन्छ ।

कर्कट : तपाईँको यो हप्ता एक्कासि आमदानी बढ्ने काम भेटिने छ । जे पेसामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । राजनीतिमा उत्कृष्ट नतिजा प्राप्त हुने, जल खेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मङ्गलवार र बुधबारेको समय खराब भएकाले टाढाको यात्रा नगर्नुहोला ।

सिंह : पाईँलाई यो हप्ता आफन्त व्यक्तिसँग विवाद तथा झगडाको सम्भावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्न बाधा देखा पर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्नेछ । शुक्रवार र शनिवार चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । यो साता समय ज्यादा खराब रहेकाले काममा सतर्क हुनुहोला ।

कन्या : यो हप्ता तपाईँको मानसिक चिन्ता बढ्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । घरको जग हाल्ने, गाडी किन्ने र बैङ्क खाता खोल्नका लागि आगामी बुधवार र शुक्रबारको समय शुभ रहनेछ ।

तुला : तपाईँलाई यो हप्ता स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ यो हप्ता सफल हुनेछन् । पूर्व र दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । सोम, मङ्गल, बिहीबार विशेष खराब छन् जे काम गर्नु छ आइतबार, बुधवार र शुक्रवार पारेर सुरु गर्नुहोला । यो हप्ता शैक्षिक क्षेत्रमा गरेको लगानीले उच्च लाभ मिल्नेछ ।

वृश्चिक : यो हप्ता तपाईँका लागि सोमबार पानीमा डुब्ने डर रहेको छ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ठ मित्र पनि नगर्ने, कसैसँग वादविवाद र दुस्मनी काम नगरे मात्र ठुलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आगामी आइतबारदेखि भने समय सुध्रिएर आउने देखिएको छ ।

धनु : तपाईँका लागि यो हप्ता लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आफ्नो जीत हुनेछ । सोमबार महत्त्वपूर्ण काम र पूर्वतर्फको यात्रामा विशेष सतर्क हुनुहोला ।

मकर : तपाईँका लागि यो हप्ता आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला ।

कुम्भ : तपाईँलाई यो हप्ता व्यर्थ मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रूपमा यो हप्ता कसै कहाँ जानु ठिक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । जताबाट पनि खर्च मात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनुपर्छ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ ।

मीन : तपाईँका लागि यो हप्ता धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । आफन्तसँग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला । नयाँ व्यवसाय थालनी र नाता जोड्ने काम यो हप्ता गर्दा विशेष शुभ रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ