- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन् ।
अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नै पराजित भएका छन् । एमालेका अध्यक्षका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेल ४९१६ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन्। पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेदवार विजयी भएका हुन् ।
मिक्लाजुङ्गमा गाउँपालिकाको ९ वडामा कांंग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २–२ वडा जितेको छ। मिक्लाजुङ्ग १ मा कांग्रेसका पर्वत राईले ९२१ मत, २ मा कांग्रेसका बलबहादुर श्रेष्ठले ६०६ मत, ३ मा एमालेका सन्तोष कुमार मगरले ८९८ मत, ४ मा कांग्रेसका विशाल राईले ९०८ मत, ५ मा मेघनाथ तामाङ्गले ३८१ मत, ६ मा कांग्रेसका खडिबहादुर मगरले ११२२ मत, ७ मा एमालेका सुशिलराज चौहानले ८७१ मत, ८ मा माओवादीका पूर्ण बहादुर कुँवरले ८०० मत र ९ मा कांग्रेसका सेमन्त राज दाहालले ६३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।