- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनभित्र नेपाली कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।’
निर्वाचन निष्पक्ष नभएकोतर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए । साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने डा भट्टराईले बताए ।
भट्टराईले पनि गोरखामा आचारसंहिता उल्लंघन गरेका थिए । जनता समाजवादी पार्टीले उल्लेख्य सफलता हासिल गर्न नसकेपछि गठबन्धन दलका उनले त्यसको दोष कांग्रेस र माओवादीलाई लगाएका हुन् ।