arrow

नबिल बैङ्क र लगानी बोर्डबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nabil-investment-board-mou-2079-2022.jpg

काठमाडौँ। नबिल बैङ्कले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ। यस सम्झौता अन्तर्गत नबिल बैङ्कले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसँग सहकार्य गर्नेछ।

नबिल बैङ्क पूर्वाधार विकासमा विगत ३७ वर्ष देखि नै योगदान गर्दै आइरहेको छ। यसै क्रममा पूर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० वर्ष देखी नै निकै सहभागिता र सक्रियता देखाउँदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रूपमा प्रवर्द्धन गर्दै आइरहेको छ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पूर्वाधार कै कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पुरा गर्न नबिल बैङ्क र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्नेछ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। विदेशी लगानी भित्र्याउनका लागि बैङ्कको महत्त्वपूर्ण भूमिका रहेको कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैङ्कलाई साझेदार बनाएको भट्टले बताए।

त्यसै गरी नबिल बैङ्कका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैङ्कले दिगो बैङ्किङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए। यसै क्रममा नबिल बैङ्क यस गरिमामय संस्था लगानी बोर्ड नेपालको कार्यालयको औपचारिक वित्तीय सल्लाहकार बैङ्कको रूपमा सम्झौता गर्न पाउँदा बैङ्क गौरवान्वित रहेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ