arrow

सुनसरीको दुहबीमा कांग्रेस विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
sunsari.png

इनरुवा । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी भएका छन् । 

गच्छदारले ११ हजार ९१६ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याए । 

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार सिंहले पाँच हजार ४४ मत ल्याएका छन् । 

विसं २०७४ को निर्वाचनमा समेत यस नगरपालिकामा नगरप्रमुखमा गच्छदार नै निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ