arrow

सिद्धू एक वर्ष जेलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
navjot-singh-sidhu.jpg

काठमाडौं । भारतीय कांग्रेस आईका नेता एवं पूर्व क्रिकेटर नवोजित सिंह सिद्धू जेल जाने भएका छन् । रोड रेज मुद्दामा उनलाई जेल जानुपर्ने भएको हो । 

सर्वोच्च अदालतले शुक्रबार उपचारका लागि अनुनय (क्युरेटिभ पिटिशन) तत्काल नसुन्ने जनाएसँगै सिद्धूले अब अदालतमा आत्मसमर्पण गर्नु पर्ने भएको छ । यदि आत्मसमर्पण नगरे उनलाई पञ्जाब पुलिसले गिरफ्तार गर्नेछ । 

सिद्धूले स्वास्थ्य खराब रहेका कारण अदालतमा आत्मसमर्पणका लागि एक हप्ताको समय मागेका थिए । अब उनलाई १० जुलाईसम्म कुनै राहत नमिल्ने पनि बुझिएको छ । 

किनकि अदालतमा आगामी २३ मेदेखि १० जुलाईसम्म गर्मीयामको छुट्टी हुनेछ । उक्त समयका बेला अत्यावश्यकीय विषयवस्तुमा मात्र सुनुवाई हुने गरेको छ । 

सिद्धूलाई सर्वोच्चले एक वर्षको कैद सजाय सुनाएको छ । उक्त आदेश पहिले पञ्जाब–हरियाणा उच्चअदालत पुग्नेछ । त्यहाँबाट पटियालाको जिल्ला एवं सेशन कोर्टमा पठाइने छ । सिद्धूले आत्मसमर्पण नगरे सम्बन्धित थानाले उनलाई गिरफ्तार गर्नेछ । 

के हो रोड रेज मुद्दा ? 
सन् १९८८ को डिसेम्बर २७ तारिखमा सिद्धूले पटियालामा पार्किङको विषयलाई लिएर ६७ वर्षे वृद्ध गुरनाम सिंहसँग झगडा गरेका थिए । सो क्रममा सिद्धूले वृद्धलाई मुक्का हाने र उनको मृत्यु भयो । 

उक्त घटनालाई लिएर सिद्धू र उनका साथी रुपिन्दर सिंहमाथि हप्ता आरोपमा मुद्दा दर्ता भयो । 

सन् १९९९ मा सेशन कोर्टले सिद्धूलाई सबूत प्रमाणको अभावमा राहत दिएको थियो । पीडित पक्षले यसका विरुद्ध पञ्जाब एवं हरियाणा उच्च अदालतमा मुद्दा दियो । 

सन् २००६ मा उच्च अदालतले सिद्धूलाई तीन वर्षको जेल सजाय तथा एक लाख रुपैयाँ जरिवानाको सजाय सुनायो । 

त्यसपछि सन् २००७ को जनवरीमा उनले अदालतमा आत्मसमर्पण गरे । उनलाई जेल पठाइयो । त्यसपछि सिद्धू सर्वोच्च अदालत गए । 

सन् २०१८ को १६ मेमा सर्वोच्चले उनलाई हत्याको आरोपमा लगाएको धाराबाट मुक्त गरिदियो । तर चोट पुर्याएको मामलामा एक हजार भारु जरिवाना गर्यो । यसको विरुद्धमा पीडित परिवारले फेरि सर्वोच्चमा पुनर्विचारको निवदेन दियो । 

र, सन् २०२२ को मे १९ तारिखमा सर्वोचचले सिद्धूमाथि लगाएको आफ्नो फैसला बदल्दै चोट पुर्याएको आरोपमा एक वर्ष कैद सजाय सुनायो । 

यो फैसलासँगै सिद्धूको राजनीतिक करियरसमेत सकिएको अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ