arrow

युक्रेन युद्धबीच एसियाकाे भ्रमणमा बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
joe-biden-japan-korea-visit.PNG

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन एसिया भ्रमणको पहिलो चरणमा दक्षिण कोरिया पुगेका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमण र चीनको बढ्दो आक्रामकताकाबीच इन्डो प्यासिफिक क्षेत्रमा वासिङटनको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले बाइडेन एसियाको भ्रमणमा आएका हुन् । 

बाइडेनले शुक्रबार साँझ सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको ओसान एयर बेसमा अवतरण गरेका थिए। आफ्ना दक्षिण कोरियाली समकक्षी युन सुक योलसँगको उच्चस्तरीय वार्ता सहितको तीन दिने भ्रमणपछि उनी आइतबार जापान जानेछन् । त्यहाँ उनले जापानका प्रधानमन्त्री फुमियो किशिदासँग वार्ता गर्ने छन् ।

अमेरिकी राष्ट्रपतिको रूपमा बाइडेनको पहिलो एसिया यात्राका क्रममा उत्तर कोरियाले आणविक मिसाइल परीक्षण या यस किसिमको कुनै कदम चाल्ने चिन्ता अमेरिकी अधिकारीहरुको छ ।

सियोल र टोकियोमा बाइडेनले उत्तर कोरियाको आणविक कार्यक्रमका साथै एसियाका दुई सन्धि सहयोगीहरूसँग अमेरिकाको आर्थिक र सुरक्षा सम्बन्धका बारेमा छलफल गर्नेछन्। यसबाहेक दुई देशबीचको चिस्सिएको सम्बन्ध सुधार्नसमेत उनले जोड दिने सम्भावना रहेको छ ।

टोकियोमा बाइडेनले अमेरिका, जापान, भारत र अष्ट्रेलियाबीचको गठबन्धन क्वाड समूहका नेताहरूको शिखर सम्मेलन पनि बोलाउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ