arrow

जम्मू र श्रीनगरमा चम्किँदो महिला क्रिकेट, एकसे एक प्रतिभावान खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
jammu-women-cricket.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतको जम्मू र श्रीनगरमा महिला क्रिकेट खेलाडीको आकर्षण बढ्दै गएको छ । जारी यू–१९ महिला एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि ७५ जना खेलाडीमध्ये ४२ जना जम्मू र श्रीनगरका हुन् । उनीहरु दुर्गम र सुदूरका हुन् । 

उनीहरु कुपवारा, बन्दीपोरा, कुलगाम, किश्तवार, पून्च, डोडा र रियासी लगायतका क्षेत्रका हुन् । यतिसम्मकि लद्दाखका तीन खेलाडीसमेत यो प्रतियोगितामा सहभागी भएका छन् । यसको जानकारी ब्रिगेडियर अनिल गुप्ताले दिएका हुन् । 

आइतबार २२ मेमा जम्मूको जीजीएम साइन्स कलेज होस्टेल मैदानमा जेकेसीए पिंक ११ र जेकेसीए ब्लु ११ बीच फाइनल प्रतिस्पर्धा हुँदैछ । गुप्ताका अनुसार प्रतियोगिता सकिएलगत्तै पुरस्कार वितरण समारोह हुनेछ । जम्मूका डेपुटी कमिशनर एन्भि लाभासा प्रमुख अतिथि हुनेछन् । 

गुप्ताका अनुसार यो प्रतिस्पर्धापछि जम्मू र श्रीनगरका खेलाडीलेमात्र सहभागीता जनाउन पाउँछन् भन्ने मिथक तोडिएको छ । उनले भने, ‘ केन्द्र शासित क्षेत्र जम्मू–कश्मीर र लद्दाखहरु क्रिकेट प्रतिभाले भरिपूर्ण रहेका छन् ।’ उनले यसले जेकेसीएले धेरै नयाँ प्रतिभावान अनुहार देख्ने पनि दाबी गरेका छन् । 

उनले छनोटकर्ता र सम्बन्धित अधिकारीहरुलाई सच्चाइ, इमानदारी र समर्पणका साथ काम गर्न निर्देशनसमेत दिएका छन् । 

प्रतियोगिता अन्तर्गत शनिबार सेमिफाइनलका खेल भएका छन् । जहाँ एउटा शेर–ए–कश्मीर क्रिकेट मैदान श्रीनगर र अर्को जीजीएम साइन्स कलेज होस्टल मैदान जम्मूमा भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ