arrow

शक्तिकेन्द्र रिझाएर सशस्त्रको एआईजीमा बढुवा हुने दाउमा बंशीराज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलमा अहिले एआईजी बढुवाको रस्साकस्सी चलिरहेको छ । एक एआईजीका लागि रस्साकस्सी चलिरहेको हो । खासगरी सशस्त्र प्रहरी बलका डीआईजी बंशीराज दाहालले आफूभन्दा सिनियरलाई उछिनेर बढुवा हुन खोजेपछि संगठनभित्र हलचल पैदा भएको छ । 

शक्ति केन्द्रको आडमा आफूभन्दा सिनियरलाई पाखा लगाइ बढुवा हुन खोजिरहेका छन् । यसअघि पनि एआईजीको बढुवाका लागि दाबी गरेका डीआईजी दाहालले यसपटक शक्तिकेन्द्रमार्फत एआईजीमा अघि बढ्न खोजेका हुन् । जबकि उनी भन्दा निकै अघि डीआईजी भएका सीपी गौतम बढुवाको लाइनमा छन् । 

गौतम आईजीपी राजु अर्यालकै ब्याची हुन् । उनी आईजीपीका दावेदार भए पनि सरकारले ब्याचमा सिनियर रहेका अर्याललाई आईजीपी बनायो । त्यसपछि दुई जना एआईजीपीको दरबन्दी हुँदाहुँदै सरकारले नारायणदत्त पौडेललाई पनि एआईजीपी बनाएर गौतमलाई पेलियो । 

पौडेलको बढुवा भएपछि मात्र अर्को दरबन्दी खुला गरियो । तर त्यसमासमेत गौतमलाई एआईजीपी हुन नदिने चलखेल भइरहेको छ । एकमात्र सिनियर दाबेदार भए पनि उनलाई पाखा लगाएर विभिन्न शक्तिकेन्द्रको साथमा लागेर दाहाल एआईजीपी हुन खोजेका छन् । 

यसै पनि दाहाल सशस्त्रभित्र विवादित डीआईजी मानिएको सशस्त्र मुख्यालय स्रोत बताउँछ । उनी प्रदेश १ मा रहँदा त्यहाँ तस्करी लाइन खुलाएको आरोपमा छानबिननमासमेत परेका थिए । विराटनगर, सुनसरी, झापा, इलाम लगायतका बोर्डर आउट पोष्टहरुमा उनले तस्करीको लाइन मिलाएको भन्दै त्यतिबेला सशस्त्र प्रहरी बलले छानबिन गरेको थियो । 

तत्कालीन डीआईजी मन्दीप श्रेष्ठको सरुवा भएपछि सशस्त्र प्रहरी महानिरीक्षकसँग नजिक रहेको बराह बाहिनी प्रमुख भएर गएका डीआईजी  दाहालले  आफू मातहतका ४२ वटा बीओपीमार्फत महिनाबारी  रकम असुल उपर गरिरहेको विषयमा छानबिन गरेको थियो । 

सशस्त्र मुख्यालय स्रोत भन्छ, ‘त्यतिबेला पनि उनी शक्ति केन्द्रकै आडमा जोगिएका थिए । संखुवासभाका सांसद राजेन्द्र गौतममार्फत तत्कालीन प्रधानमन्त्री केपी  शर्मा ओलीको सोर्स लगाएर छानबिन रोक्न लगाएका थिए ।’ 

प्रदेश १ मा रहँदा बंगलादेशबाट नेपाल आएको सुपारी र मरिच भारततर्फ निकासी गर्ने क्रममा झापामा सशस्त्र प्रहरी बल तत्कालीन प्रमुख एसपी रमेश पाण्डेलाई थाहै नदिइ दाहालका घुमुवाको रुपमा काम गर्ने डीएसपी प्रेम भण्डारीमार्फत तस्करी सेटिङ गरेको आरोप छ । 

सशस्त्र प्रहरी बलकै एक स्रोतले दिएको जानकारी अनुसार डीआईजी दाहालको खास घुमुवाका रुपमा काम गर्ने भण्डारीले पूर्वका ४२ वटै बीओपीबाट मासिक रकम उठाउने गरेका थिए । खासगरी मसलन्दबापत जाने महिनाको २६ हजार रुपैयाँसमेत बीओपीमा रहेका प्रहरी निरीक्षकले सुिँघ्न पनि नपाइ दाहालले लिने गरेका थिए ।

बाहिनीपतिको आदेश भन्दै जिल्लामा रहेको लेखा अधिकृतले भौचरमा सही गराएर डीआईजी दाहालले झ्वाम पार्ने गरेको सो स्रोतले दाबी गरेको छ । नेपाल प्रहरी लुम्बनी प्रदेशका प्रहरी प्रमुख रहेका तत्कालीन डीआईजी हालका एआईजी रविन्द्र धानुकको सेटिङमार्फत १ नं प्रदेश हुँदै झापा पुर्याइएका गोरुलाई बंगलादेश पठाउनका लागि सशस्त्र प्रहरीका डीआईजी दाहालको मुख्यभूमिका रहेको भन्दै उजुरी परेको थियो । 

दाहालले जिल्लाका सबै बीओपीहरुको सेटिङका लागि छुट्टाछुट्टै घुमुवाहरु परिचालन गर्ने गरेका थिए । त्यतिमात्र होइन उनी जहाँ बसे त्यहाँ विवादित भएर निस्कने गरेको पनि स्रोत बताउँछ । 

उनी बलम्बुमा रहँदा एक महिला प्रहरी कर्मचारीलाई दुर्व्यवहारको आरोपसमेत लागेको थियो । उनै डीआईजी अहिले शक्ति केन्द्रको आँडमा बढुवाका लागि दौडधुप गरिरहेको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ