arrow

एसएचजीले जम्मू–कश्मीरको महिला उद्यमशीलतामा ल्यायाे क्रान्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
jammu-kashmir-shgs.jpg

काठमाडौं । जम्मू–कश्मीर ग्रामीण जीवनयापन मिशन (यूएमईईडी) अन्तर्गत ४० हजार बढी स्वः सहायता समूह (एसएचजी) मा सजिलो पुँजी पहुँचसहित चार लाख महिलाहरूलाई समावेश गर्दा जम्मू–कश्मीरमा तल्लो तहको महिला उद्यमशीलतामा क्रान्ति आएको छ।

लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाको नेतृत्वमा जम्मू–कश्मीर सरकार पुँजीमा पहुँच, पुनः सीप, नयाँ–सीपको लागि गुणस्तर सल्लाह प्रदान गर्न र एसएचजीबाट महिला उद्यमीहरूलाई नयाँ बजारहरूमा पुग्न मद्दत गर्न प्रतिबद्ध छ।

‘सरकारले एक महिला उद्यमी इकोसिस्टमको विकास गर्न, व्यवसाय विस्तार गर्न र मजबुत महिला कार्यबल निर्माण गर्नको लागि संलग्न, सहकार्य र नयाँ निर्माण सहितको समग्र दृष्टिकोण अपनाएको छ’, आधिकारिक प्रवक्ताले भनेका छन् ।

‘जम्मू–कश्मीरमा क्षमतावान जनशक्तिको उत्पादन गर्न महिला र युवाहरूको लागि तल्लो तहको संरचनाहरू बलियो बनाइँदै छ’, उनले थपे, ‘उनीहरूसँग स्मार्ट उद्यमहरू सिर्जना गर्न र उनीहरूको वरपरको समुदायलाई असाधारण तरिकामा आकार दिन स्रोतहरू उपलब्ध छन्।’

साथै उम्मीद, मुमकीन, हौसला र तेजस्विनी जस्ता पहलहरूले महिलाहरूलाई सामाजिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै लगेका छन् । यसबाहेक जेकेआरएलएम कार्यक्रमहरूले जम्मू र कश्मीरका ग्रामीण महिलाहरूको जीवन परिवर्तन गर्दैछ ।

ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्न १सेप्टेम्बर २०२१ मा लेफ्टिनेन्ट गभर्नरद्वारा साथ कार्यक्रमको शुरुआत गरिएको थियो ।

जेकेआरएलएमले साथ कार्यक्रम अन्तर्गत एसएचजीका केही सदस्यहरुलाई उद्यमलाई गति दिनका लागि आवयश्क तालिम प्रदान गरेको थियो ।

विस्तृत अवलोकनपछि ५०० एसएचजी सदस्यहरूमध्ये १०० महिला उद्यमीहरूले विशिष्ट व्यापार क्षेत्र प्रतिस्पर्धात्मकता र हिस्सेदारी बढाउँदै उच्च स्तरका उद्यमहरू विकास गर्न सहयोग गरेको पाइएको छ ।

यी पहलहरूले करिब ६ लाख ग्रामीण महिलाहरूलाई ६० हजार भन्दा बढी एसएचजीहरूमा सम्बद्ध गरेर गरिबी उन्मूलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।  जसमध्ये १ लाख ग्रामीण महिलाहरूलाई आर्थिक वर्ष २०२१–२२ मा एसएचजीहरूमा संबद्ध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ