arrow

एसिया भ्रमणको दोस्रो चरणमा बाइडेन जापानमा

logo
एएफपी,
प्रकाशित २०७९ जेठ ८ आइतबार
joe-biden-new.jpg

योकोटा एयर बेस, जापान । एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतवार जापान पुगेका छन् । बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एशियाको आफ्नो पहिलो यात्रा गर्दै छन् ।  यसैक्रममा टोकियोबाहिर योकोटा एयर बेसमा पुगेका हुन् ।  

 क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरेका थिए । 

यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो । 

राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार यहाँ आइपुगेका थिए । अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपति उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ