बाइडेनले राखे अस्ट्रेलियासँग गठबन्धनमा मिलेर काम गर्ने मनसाय
एएफपी,
प्रकाशित २०७९ जेठ ८ आइतबार
395
Shares
टोकियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई बधाई दिएका छन्।
नवनिर्वाचित प्रधानमन्त्री अल्बानीजलाई टेलिफोन गर्दै राष्ट्रपति बाइडेनले दुई देश बीचको गठबन्धनलाई अझ मजबुत बनाउने विषयमा पनि छलफल गरेको ह्वाइट हाउसले जनाएको छ ।
"राष्ट्रपति बाइडेनले अमेरिका-अष्ट्रेलिया गठबन्धनप्रति संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धता रहेको र नयाँ सरकारलाई अझ बलियो बनाउनका लागि उनीसँग मिलेर काम गर्ने आफ्नो मनसाय रहेको पुनः पुष्टि गरेका छन् ।
दुई नेताबीच मङ्गलवार टोकियोमा क्वाड समूह शिखर सम्मेलनमा भेट हुनेछ ।