arrow

धरान उपमहानगरपालिका लौरोले सम्हाल्ने, स्वतन्त्र उम्मेदवार हर्क विजयी

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ जेठ ८ आइतबार
dharan-upamahanagar-winner-2079.jpg

मोरङ । धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पार्दै उनी विजयी भएका छन् ।

धरानमा कुल १ लाख ३२४ मतदातामध्ये ६२ हजार ९८ मत खसेको थियो । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राई १६ हजार ५९मत सहित दोस्रो भएका छन् । कम्युनिस्टको गढ मानिएको धरानमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार ८२५ मतमात्रै पाएर तेस्रो स्थानमा पुगेकी छिन् । 


उपमेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धनका उम्मेदवार आइन्द्र विक्रम बेघाले २० हजार ५१० ल्याएर विजयी भएका छन् भने एमालेका उम्मेदवार पदम इस्बोले १७६०६ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ