arrow

बढेर कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
petrol.jpeg

काठमाडौं ।  सरकारले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार रातिदेखि लागू हुने गरि सरकाले मूल्य बढाएको हो । बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु १८० पुगेको छ । 

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ८०० पुगेको छ । 

 निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० बढाएको थियो । 

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु २०० वृद्धि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ