arrow

आफ्नो पालिकामा जितेकालाई खनालले दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
jhalnath-khannals.PNG

इलाम ।  गृह जिल्ला इलाम रहेका नेकपा (एकीकृत समाजवादी)का नेता  झलनाथ खनालले निर्वाचित जनप्रतिनिधिलाई  बधाई दिएका छन् । खनालले आइतबार विज्ञप्ति जारी गर्दै जिल्लाका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका हुन् ।

 इलाममा एकीकृत समाजवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो । प्राय वडामा कांग्रेसका उम्मेदवारले जितेका छन् ।  

उनले राष्ट्रियता, सामाजिक न्याय, समानता र समाजवादको बाटोलाई अवलम्बन गर्दै स्थानीय जनताको समस्या र आवश्यकताअनुसारको दिगो विकास कायम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

केन्द्रीकृत प्रणालीलाई विकेन्द्रित गर्न र स्थानीय जनताका समस्या  स्थानीय तहबाटै छिटोछरितो समाधान गर्न स्थानीय तहको सरकार क्रियाशील रहने विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।

 “लोकतन्त्रका उपलब्धिलाई तल्लो तहसम्म पुर्‍याउन तथा स्थानीय विकासलाई अगाडि बढाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न सहयोग पुग्ने छ”, विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ