arrow

विश्वभर मंकिपक्सको आतंक, नियन्त्रणमा लिन सकिने डब्ल्यूएचओको विश्वास 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
monkeypox-world-spread.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकिपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ । भाइरसका कारण शरीरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन् । 

अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ । तर विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै कम रहेको बताउँछन् । 

मध्य तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो संक्रमण धेरै देखिएको छ । ‘यो नियन्त्रणयोग्य अवस्था हो’, डब्ल्यूएचओकी मारिया भान केरखोभले एक पत्रकार सम्मेलनमा भनिन् । 

‘हामी मानिसबाट मानिसमा सर्नबाट रोक्न चाहन्छौँ ’, युरोप र उत्तरी अमेरिकामा हालै देखिएका केसहरूलाई संकेत गर्दै उनले भनिन् । अफ्रिकाबाहिर १६ देशमा यो भाइरस भेटिएको छ ।

५० वर्षमा अफ्रिका बाहिर सबैभन्दा ठूलो प्रकोप भएता पनि मंकिपक्स मानिसमा सजिलै फैलिँदैन र विज्ञहरूले यसको जोखिम कोभिड भाइरस महामारीसँग तुलना गर्न नसकिने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ