arrow

मानव अधिकार उच्च आयुक्तसँग सी चिनफिङको कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
xi-jin-ping-china-president.jpg

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् । 

ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरे । 

उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र चिनियाँ सरकार मानवअधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । 

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुशी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उनले बताए । 

चिनियाँ कम्युनिष्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ