arrow

नबिल बैङ्क र चिकित्सक सङ्घ बिच बैङ्किङ सेवाका लागि सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
nabil-bank-doctor-assocation-mou.jpg

काठमाडौँ। नबिल बैङ्कले नेपाल चिकित्सक सङ्घका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैङ्किङ सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता गरेको छ। नबिल बैङ्कका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैङ्किङ सेवाहरूमा नेपाल चिकित्सक सङ्घका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैङ्कका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्ने बैङ्कले जनाएको छ।

उक्त सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रमुख बजार अधिकृत श्री कवीन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक सङ्घको तर्फबाट अध्यक्ष डा.लोचन कार्कीले नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरे।

नेपाल चिकित्सक सङ्घले आफ्नो स्थापनाकाल देखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरी चिकित्सकहरूको पेसागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।

यस बैङ्क ग्राहक वर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैङ्किङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ