arrow

जेल सजाय भोगिरहेका सिद्धूलाई क्लर्कको काम  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
navjot-singh-sidhu.jpg

काठमाडौं । भारतीय कांग्रेस आईका नेता एवं पूर्व क्रिकेटर नवोजित सिंह सिद्धू यतिबेला जेलमा छन् । रोड रेज मुद्दामा उनले एक वर्षको जेल सजाय पाएका हुन् । 

सर्वोच्च अदालतले गत शुक्रबार उपचारका लागि अनुनय (क्युरेटिभ पिटिशन) तत्काल नसुन्ने जनाएसँगै सिद्धूले अदालतमा आत्मसमर्पण गरेका हुन् । त्योसँगै उनी पटियाल सेन्ट्रल जेलमा छन् । उनले त्यहाँ क्लर्कको काम पाएका छन् । 

जेलभित्र उनको सुरक्षालाई लिएर तनाव भइरहेको बताइन्छ । उनको सुरक्षालाई लिएर जेलभित्रै ब्यारेकबाटै काम गर्नेछन् । उनलाई दैनिक जेलको कोठाभित्रै फाइल पठाइने छ । उनको ड्युटी भने कडा छ । उनले बिहान ९ देखि साँझ ५ बजेसम्म काम गर्नुपर्नेछ । 

उनलाई क्लर्कबारे केही अनुभव छैन । त्यसैले उनी अकुशल कर्मचारी हुन् । तीन महिनापछिमात्रै उनलाई अर्धकुशल कर्मचारीका रुपमा ३० प्रतिशत रुपैयाँ प्रतिदिन र फेरि कुशल हुँदा ९० रुपैयाँ दिइने छ । 

सुरक्षालाई मध्यनजर गर्दै उनलाई फ्याक्ट्री वा बेकरीमा लगाइने छैन । त्यहाँ अरु थुप्रै हार्डकोर कैदीले काम गर्ने भएकाले सिद्धूलाई त्यहाँबाट टाढा राखिएको हो । 

सेन्ट्रल जेलका सुपरिटेन्डेन्ट मनजीत सिंह टिवाणाका अनुसार सिद्धू पढेलेखेका भएकाले क्लर्कको काम दिइएको हो । साथै उनको स्ुरक्षामा पनि ध्यान दिन पाइने छ । 

के हो रोड रेज मुद्दा ? 
सन् १९८८ को डिसेम्बर २७ तारिखमा सिद्धूले पटियालामा पार्किङको विषयलाई लिएर ६७ वर्षे वृद्ध गुरनाम सिंहसँग झगडा गरेका थिए । सो क्रममा सिद्धूले वृद्धलाई मुक्का हाने र उनको मृत्यु भयो । 

उक्त घटनालाई लिएर सिद्धू र उनका साथी रुपिन्दर सिंहमाथि हप्ता आरोपमा मुद्दा दर्ता भयो । 

सन् १९९९ मा सेशन कोर्टले सिद्धूलाई सबूत प्रमाणको अभावमा राहत दिएको थियो । पीडित पक्षले यसका विरुद्ध पञ्जाब एवं हरियाणा उच्च अदालतमा मुद्दा दियो । 

सन् २००६ मा उच्च अदालतले सिद्धूलाई तीन वर्षको जेल सजाय तथा एक लाख रुपैयाँ जरिवानाको सजाय सुनायो । 

त्यसपछि सन् २००७ को जनवरीमा उनले अदालतमा आत्मसमर्पण गरे । उनलाई जेल पठाइयो । त्यसपछि सिद्धू सर्वोच्च अदालत गए । 

सन् २०१८ को १६ मेमा सर्वोच्चले उनलाई हत्याको आरोपमा लगाएको धाराबाट मुक्त गरिदियो । तर चोट पुर्याएको मामलामा एक हजार भारु जरिवाना गर्यो । यसको विरुद्धमा पीडित परिवारले फेरि सर्वोच्चमा पुनर्विचारको निवदेन दियो । 

र, सन् २०२२ को मे १९ तारिखमा सर्वोचचले सिद्धूमाथि लगाएको आफ्नो फैसला बदल्दै चोट पुर्याएको आरोपमा एक वर्ष कैद सजाय सुनायो । 

यो फैसलासँगै सिद्धूको राजनीतिक करियरसमेत सकिएको अनुमान गरिएको छ । (भारतीय संचारमाध्यमहरुको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ