arrow

कांग्रेस नेता बस्नेतका छोरा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
Gaurishankar_Gaunpalika.png

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका ३ झ्याकुका नेपाली कांग्रेसका स्थानीय नेता दिलबहादुर बस्नेतका छोरा यानबहादुर मृत अवस्थामा फेला परेका छन् । उनकाे शव शंकास्पद अवस्थामा बुधबार बिहान फेला परेकाे हाे । 

कांग्रेसबाट बैशाख ३० को स्थानीय निर्वाचनमा गौरीशंकर गाउँपालिका ३ को वडाध्यक्षमा उम्मेदवारसमेत बनेका बस्नेतका २३ वर्षीय छोरा यानबहादुर मृत अवस्थामा फेला परेका हुन् । 

उनको हत्या भएको हुनसक्ने मृतकका आफन्त र स्थानीयले आशंका गरेका छन् । स्थानीय मानेडाँडा माविको लेखा शाखामा एकाउन्टेन्टसमेत रेहेका उनी विद्यालय  छुट्टी भएपछि घर हिँडेका थिए । मंगलबार साँझ ६ बजेदेखि सम्पर्कविहीन रहेका बस्नेतको शव बुधबार बिहान सर्सेपुमा भेटिएको आफन्तले बताएका छन् । 

घर नजिकै मोटरसाइकल रहेको तथा उनको शव हत्या गरेर घिसारेर फालिएको अवस्थामा रहेको हुँदा हत्या भएको हुनसक्ने परिवारको दावी रहेको  छ । 

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ