arrow

रहेनन् कांग्रेस नेता राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
madhavmani-rajbhandari-died-2079.jpg

काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति माधवमणी राजभण्डारीको निधन भएको छ । कांग्रेस नेता तथा सांसद दिव्यमणी राजभण्डारीका दाजुसमेत रहेका माधवमणीले पार्टीलाई अप्ठयारो परेको समयमा दोलखाको नेतृत्व सम्हालेका थिए । 

लामो समयदेखि मृगौला तथा अन्य रोगबाट पीडित उनको बिहीबार दिउँसो काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । व्यवसायिक पृष्ठभूमि रहेको परिवारको व्यक्ति माधवमणीले राजनीतिक सदस्यकै रुपमा आफ्नो जीवन गुजारेका थिए । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक संजाल फेसबुकमा उनको निधनबारे जानकारी दिँदै लेखेका छन्, ‘यस दुःखद घडीमा स्वर्गीय राजभण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नुभएका सम्पूर्ण राजभण्डारी परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ