arrow

पेट्रोलियम पदार्थमा लगाएको कर घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
petrol.JPG

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएको बताएका छन् । शुक्रवार प्रतिनिधिसभामा बोल्दै  मन्त्री बडूले कर घटाएको बताए । 

जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको  मन्त्री बडूले सभामा जानकारी दिएका छन् । कुन शीर्षकमा कति कर घटाइएको विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको उनले बताए ।

मन्त्री बडूले भने,' मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने निर्णय गरेको र सो प्रस्ताव अर्थ मन्त्रालयमा विचाराधीन रहेको छ ।'

मन्त्री बडूले चालु आवको १० महिनामा दुई अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ र ६८ मेट्रिक टन खाना पकाउने ग्यास खरिद गरिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ