arrow

ड्रग्स प्रकरणमा शाहरुखका छोराले पाए सफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
SRK_Aryan.jpg

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले ड्रग्स प्रकरणमा सफाइ पाएका छन्। 

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले आर्यन खानलाई क्लिन चिट दिएको हो । 

आर्यन खान गत वर्ष ड्रग अन क्रुज मुद्दामा पक्राउ परेका थिए । आर्यन सन् २०२१ को अक्टोबरमा मुम्बई क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । 

एनसीबीले दायर गरेको आरोप पत्रमा आर्यन खानबाहेक चार जनाको नाम समावेश छ ।

२६ दिन लामो हिरासत बसाइपछि बम्बई उच्च अदालतले उनलाई अक्टोबर २४ मा जमानत दिएको थियो । 



नयाँ