arrow

आयल निगमको डिपोमा भएको आगलागी नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
fire-final_1618024271.jpeg

लुम्बिनी । नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११:४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा आगलागी भएको थियो ।

आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए । 

घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ । 

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ