arrow

जवाहरलाल नेहरूको ५८ औं पुण्यतिथि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
jawaharlal-nehru.jpg

नयाँदिल्ली । कांग्रेसले शुक्रबार भारतका शिल्पकार प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उनको ५८ औं वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेर सम्झेको छ । 

नेता नेहरूका पनाति राहुल गान्धीको उपस्थितिमा भएको स्मृतिसभामा उनका दर्शन, विचार र राजनीति राष्ट्रका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेका अभिमत वक्ताहरूले प्रकट गरेका छन् ।

प्रथम प्रधानमन्त्रीले नेहरू अगस्ट १९४७ र मे १९६४ को बीचमा कार्यभार सम्हालेका थिए । आज कै दिन अर्थात् मे २७ १९६४ मा उनको निधन भएको थियो । 

कांग्रेस अध्यक्ष सोनिया गान्धीले यहाँस्थित शान्ति वनमा नेहरूप्रति पुष्पार्पणसहित श्रद्धाञ्जलि दिए । 

कांग्रेसले पण्डित नेहरूलाई साहसी स्वतन्त्रता सेनानी, आधुनिक भारतका शिल्पकार, एक राजनेता, दूरदर्शी, देशभक्त एवं भारतमाताको सच्चा पुत्रका रूपमा प्रशंसा गरेको छ । 

पार्टीले आफ्ना प्रथम प्रधानमन्त्रीलाई उनको पुण्यतिथिमा करोडौं अभिवादन र अर्बौं श्रद्धाञ्जली अर्पण गरेको छ । नेता नेहरूप्रति पार्टीका वरिष्ठ नेताहरूले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ