arrow

भारतले मुस्ताङको लोमान्थाङमा बनाइदियो विद्यालय, दियो बस र एम्बुलेन्स

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
lomanthang-school.PNG

काठमाडौं । भारत सरकारले मुस्ताङको लोमान्थाङमा विद्यालय बनाइदियो दिएको छ । भारतको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–३ छोनहुमा रहेको श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नति गरेर बनाइदिएको हो । 

भारत सरकारको अनुदान सहयोगमा कुल २ करोड ६३ लाखको लागतमा यस स्तरोन्नति संरचनाको निर्माण भएको हो । जिल्ला समन्वय समिति मुस्ताङले यस परियोजनाको कार्यान्वयन गरेको हो । 

आज भारतीय राजदूतावास काठमाडौंकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको उद्घाटन गरिन् । उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाउँपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिन् । 

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ