arrow

श्रीमती हत्याका दोषी पूर्वडीआईजी कोइराला समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
dig-ranjan.jpg

काठमाडौं । श्रीमती हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइराला पक्राउ परेका छन् । श्रीमती गीता ढकालको हत्यामा कोइरालालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको हो । 

सर्वोच्च अदालतले उनलाई यसअघि दिएको कैद छुटको आदेश उल्टाएसँगै कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । कोइरालाले २०६८ मा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको कर्तव्य ज्यान मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका छन् । 

१५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले चित्तमा लागेको भन्दै तजबिजी अधिकार प्रयोग गर्दै कोइरालाको कैद सजाय घटाउँदै साढे आठ वर्ष भुक्तान गरे हुने फैसला गरेको थियो । साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए । 


बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टङ्कबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले कर्तव्य ज्यान मुद्दामा कैद सहुलियत नहुने भन्दै प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले कैद सजाय छुट दिन दिएको आदेश उल्टाइदिएको थियो । योसँगै कोइराला पक्राउ परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ